रहेनन् मर्दी पदमार्ग चिनाउने गौतम

कास्की | असोज १५, २०७९

रहेनन् मर्दी पदमार्ग चिनाउने गौतम

कास्की ।

मर्दी पदमार्ग चिनाउने माछापुच्छ्रे गाउँपालिका ९ का युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

‘अहिले प्रहरीको टोलीले शबलाई तल ल्याइसकेको छ, उनले भने, ‘पानीको पाइप जोड्न जादा लडेर ज्यान गएको भनिएको छ ।’

 

वडाध्यक्ष गुरुङका अनुसार हिजो (शुक्रबार) बेलुकीपख गौतम मृत भेटिएका थिए । मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए । 

 

उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल  (टान) मा समेत आवद्ध दिए । 

 

उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्